भदौ ३०, २०८३ मंगलबार

काठमाडौँ, ३० भदौः रसुवाको भोटेकोशी बाढी प्रभावित समुदायको सहयोगार्थ जेभियर इन्टरनेशनल कलेजले आज प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु १० लाख सहयोग हस्तान्तरण गरेको छ ।

    कलेजका अध्यक्ष लोकबहादुर भण्डारीसहितले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सिंहदरबारमा भेटगरी चेक हस्तान्तरण गरेको हो । हालै आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुसार उक्त रकम प्रदान गरिएको कलेजले जनाएको छ ।

    कलेजले शिक्षा केबल कक्षाकोठामा सीमित विषय नभई जिम्मेवार नागरिक निर्माण गर्ने माध्यम भएको उल्लेख गर्दै विपद्का समयमा सहयोग, योगदान र एकताका लागि विद्यार्थी तथा समुदायलाई प्रेरित गर्दै आएको जनाएको छ ।