असोज १६, २०८३ शुक्रबार

काठमाडौँ, १६ असोजः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमा मलखाद, सिँचाइ र उत्पादनको उचित मूल्यलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
     
    बैठकमा सांसदहरुले झापामा हात्तीका कारण कृषकले दुःख पाएको, राजविराजमा किसानलाई जुत्ताको माला लगाइएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न सुरु नगरेकोजस्ता विषय उठाउनुभएको हो । सोही समयमा कुनै पनि योजना निर्माण गर्दा समयसीमा, जनघनत्व र भूगोललाई महत्व दिनुपर्ने, किशोरी महिनावारीको पीडाका कारण विद्यालय छाड्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने, राष्ट्रिय ढुकुटी बढाउने उपायको खोजी गर्नुपर्ने, सङ्खुवासभाको चैनपुर नगरपालिकामा छिटो प्रमुख प्रशाकीय अधिकृत पठाइनुपर्ने, खरिद प्रणालीलाई पारदर्शी बनाइनुपर्ने, पशु कल्याणका लागि बनाइएका कानुन पालना हुनुपर्ने, सुर्खेतबाट मिथेन ग्यास उत्पादन सुरु गर्नुपर्ने, विपद्मा परेका नागरिकको पीडालाई सम्बोधन गरिनुपर्ने उहाँहरुले माग गर्नुभयो ।
     
    बैठकको शून्य समयमा सांसदहरु डा अच्युतम् लामिछाने, अनुष्का श्रेष्ठ, अप्सना बानु, अमृता विक, अरविन्द साह, डा अर्जुनकुमार कार्की, अशोककुमार चौधरी, आरेन राई, आशा झा, आशिका तामाङ, इन्दिरा रानामगर, एशुदा कुमारी बराल, अमृता ठाकुर, कन्हैया बनिया, कमल सुवेदी, करिष्मा कठरिया, कामिनी कुमारी, कविन्द्र बुर्लाकोटी, कुलभक्त शाक्य र कुशुम महर्जनले आ–आफ्नो धारणा राख्नुभयो ।     
     
    यस्तै सांसदहरु कृपा महर्जन, कृपाराम राना, कृष्णहरि बूढाथोकी, केपी खनाल, क्रान्तिशिखा धिताल, खडकबहादुर बुढा, खिमा विक, खुश्बु ओली, खेमराज कोइराला, गजला समिम मिकरानी, गणेश कार्की, गणेश धिमाल, गणेश पौड्याल, गणेशबहादुर विश्वकर्मा, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गोविन्द पन्थी, गङ्गा छन्त्याल, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल र चन्दनकुमार सिंहले विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।