असोज २०, २०८३ मंगलबार

काठमाडौँ, २० असोज : न्याय परिषद्को आजको  बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

    सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटन चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज न्यायाधीश  गोकर्ण डाँगी रहनुभएको छ ।

    न्याय परिषद्का प्रवक्ता रामप्यारी सुनुवारका अनुसार परिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।