काठमाडौं : आगामी चैत २१ देखि २८ गते सम्म सञ्चालन हुने १९औं संस्करणको आहा रारा गोल्डकप नकआउटका फुटबल प्रतियोगितामा ८ टोलीले सहभागी जनाउने भएका छन । सहारा क्लब पोखराको आयोजना हुने यो मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता समेत हो ।
पोखराको रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
यस पटक प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागीता रहने छ ।
नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थिर्स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफिर्कन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता हुनेछ ।