चैत १, २०७७ आइतबार


काठमाण्डौ।
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट कोइराला अध्यक्षमा चुनिएका हुन् ।

त्यसैगरी मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं (दुवे) र सहसचिवमा युवराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सदस्यहरुमा विशन क्षेत्री, प्रकाश ढकाल, वासुदेव पौडेल, उमा आले मगर, युवराज गुरूङ र उमेश पुन मगर चयन भएका छन् ।