चैत १४, २०७७ शनिबार

बंगलादेशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ । मोदीको भ्रमणको विरोधमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाको ज्यान गएको छ । झडपमा धेरै पत्रकारहरू घाइते भएका छन् ।

बंगलादेशको चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार चार जना घाइतेलाई अस्पताल लगिएको र उनीहरूको अस्पतालमै ज्यान गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि हिजो ढाका जानुभएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा ढाकामा विरोध प्रदर्शन भएको थियो ।