असार २३, २०७९ बिहिबार

आजबाट राजधानीमा विद्युतीय बस सञ्चालनमा आएको छ । साझा यातायातले सुरुवाती परिक्षणका रूपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याएको हो । 

थप ३७ थान विद्युतीय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ । साझाको विद्युतीय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो ।