भदौ २२, २०७९ बुधबार

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)मा एक महिनाको अवधिमा २४ जना नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरू वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । 


गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । 


गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरूप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।