भदौ २३, २०७९ बिहिबार

काठमाडौँ — नेपाली युवतीलाई गैरकानुनी बाटो र उपायबाट अफ्रिकी मुलुकमा लगेर विभिन्न बार–रेष्टुराँमा ‘मुजुरा नाच’ गराउने सञ्जाल पूर्वी अफ्रिकी मुलुक युगान्डामा पनि सक्रिय देखिएको छ । आइतबार राजधानी कम्पालाको एक डान्स रेष्टुराँबाट पक्राउ परेका ६ मध्ये ५ जना नेपाली युवती रहेको र उनीहरू लुकिछिपी ४ वर्षदेखि युगान्डामा रहेको खुलासा भएको छ ।

युगान्डास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद थापालाई कम्पालास्थित अध्यागमनले दिएको सूचनामा कानुनी अनुसन्धान र छानबिनका क्रममा पक्राउ परेका युवतीलाई थुनामा राखिएको छ ।