असोज ६, २०७९ बिहिबार

अष्ट्रेलियाका दुई दर्जनभन्दा बढी हलमा नेपाली सिनेमा प्रेम गीत–३ एकसाथ प्रदर्शन हुने भएको छ।

यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत–३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।

यसका लागि लामो समयदेखि प्रयासरत सिड्नी निवासी देव कार्कीले प्रेमगीत–३ मा आएर यो सफलता पाएको बताए।