असोज २६, २०७९ बुधबार

विपन्नको उपचारमा सघाउन हङ्कङमा रहेका म्याग्देलीहरूले रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २०औँ साधारणसभाका अवसरमा सङ्कलन भएको रु ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो ।

मोना हङ्कङका अध्यक्ष कर्ण पुनले मङ्गलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे।