कात्तिक १, २०७९ मंगलबार

एजेन्सी । अमेरिकाको उत्तरी क्यालिफोर्निया अकल्याण्डमा नेपाली सवारी चालकमाथि आक्रमणको प्रयास भएको छ ।  ।

नेपाली चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको एबिसी नेटवर्कले भिडियोमार्फत जनाएको छ ।

एबिसीका अनुसार बन्दुकधारीले उनको पृष्ठभूमि सोधेपछि उनले आफू नेपालको रहेको बताएका थिए । त्यसपछि आफ्नो टाउकोमा बन्दुक ताकिएको मगरले बताएका छन् । प्रहरीले उक्त घटनाबारे सोमबार सार्वजनिक गरेको छ भने, घटना अक्टोबर १ मा भएको हो ।

मगर भन्छन्, ‘एक यात्रुले बन्दुक ताके अर्कोले मेरो पर्स र कारको चाबी खोसे । मलाई घुँडा टेक्न लगाए र कार लिएर उनीहरू भागे’ उनी थप्छन् उक्त घटनापछि उबर चलाउनै डर लागेको छ ।