कात्तिक १८, २०७९ शुक्रबार

सरकारीस्तरबाट बेलायत र जापानमा नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक पर्ने मापदण्ड तयार गरेको छ ।


उक्त मापदण्ड मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा जाने छ ।  मन्त्रालयले जी टु जी मार्फत बेलायत पठाउने नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकलको मस्यौदा तयार गरेको हो । यो मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै प्रक्रिया अघि बढ्ने छ । 

पहिलो चरणमा करिब २०० जना नर्सहरूलाई​ बेलायतमा पठाइनेछ । त्यसका लागि चुनावपछि मात्रै प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । जनवरी २०२३ बाट बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेगरी कार्यतालिका बनेको थियो । उक्त मापदण्डले तोक्ने व्यवस्थाअनुरूप योग्य ठहरिएका नर्सहरू रोजगारीका लागि बेलायत जान पाउनेछन् । 

जापानमा कामदार पठाउने प्रक्रिया समेत चुनावपछि मात्रै अगाडि बढ्ने भएको छ । उनले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन् । 

कामदार छनौंटको मापदण्डको मस्यौदा तयार भएको र मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।