कात्तिक २१, २०७९ सोमबार

काठमाडौँ । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको छ ।


गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् । उनको कोठाको ढोका खुल्लै थियो । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।

दूतराजको अवस्था अहिले सामान्य छ । छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज । उनले गाएका ‘घर कता हो बैनीको‘’ ‘जाम भो माइली‘’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘’ लगायत गीतहरू चर्चित छन् ।