कात्तिक २४, २०७९ बिहिबार

काठमाडौं । आइसल्याण्डमा सम्पन्न विश्वका महिला राजनीतिज्ञहरूको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको हो । ‘राष्ट्रपति भण्डारी बुधबार महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन् । त्यहाँ उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरिन् ।