कात्तिक २७, २०७९ आइतबार

काठमाडौं । फिनल्याण्डको एउटा जिल्ला अदालतले  मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पतीलाई जेल सजाय सुनाएको छ ।

फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याइ मानव तस्करीका संलग्न भएकोमा दोषी करार गरिएको हो । उनीहरू दुबैलाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ ।


डिलारामले ३ वर्ष ८ महिना जेल सजाय पाएका छन् भने उनकी पत्नी रिमाले २ वर्ष १० महिना जेल बस्नुपर्ने भएको छ ।