भदौ २२, २०८० शुक्रबार

गण्डकी, २२ भदौ : फोटोग्राफर विश्वरत्न शाक्यको ‘सीप, सिल्पी र फोटोग्राफी’ पुस्तक सार्वजनिक गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकीको पाँचौँ वार्षिकोत्सवका अवसरमा बिहीबार पुस्तकको शिक्षासेवी जर्ज जोनले विमोचन गर्नुभयो । लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफर शाक्यको यो ३२औँ कृति हो । 

    कोभिड–१९ को विषम परिस्थितिमा घरभित्र मात्र रहनुपर्ने बाध्यताबीच रचना तयार गरेर पोखराको फोटोग्राफी र समग्र आफ्नो फोटोग्राफी जीवनयात्रालाई पुस्तकमा समेटिएको लेखक शाक्यले बताउनुुभयो । पुस्तकको बिक्रीबाट आउने रु चार लाख बराबरको अक्षयकोष फोटोग्राफर सङ्घ गण्डकीलाई उपलब्ध गराइने उहाँले बताउनुुभयो ।

    उक्त अवसरमा फोटोग्राफर सङ्घ गण्डकीले नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारसमेत वितरण गरेको थियो । १८४औँ विश्व फोटोग्राफी दिवसका अवसरमा घोषित नेचर एण्ड लेण्डस्केप फोटो प्रतियोगितामा ५० फोटोग्राफरका एक सय ५० तस्बिर समावेश गरिएका थिए । प्रतियोगितामा संलग्न फोटामध्ये रोहित गिरीको फोटो सर्वोकृष्ट भयो । उहाँले रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । अन्य पाँच जना उत्कृष्ट छनोटमा परेकालाई जनही रु दुुई हजाररबाट सम्मान गरियो । 

    यस्तैगरी मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारका लागि प्रतिस्पर्धामा आएका एक सय ५० फोटोग्राफरका एक हजार दुई सय फोटोबाट छ फोटोलाई छनोट गरिएको थियो । प्रतिस्पर्धामा पर्वतका विजय शर्माको फोटो सर्वोत्कृष्टm भइ रु १५ हजार पाँच सय ५५ राशिको पुरस्कार प्रदान गरियो । अन्य पाँच जना उत्कृष्टमा परेकालाई पुरस्कारसहित प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको छ ।
    
    कार्यक्रममा शिक्षाविद् जर्जजोन सरले आफूूले २०१७ सालतिर देखेको पोखरा र त्यसैताका पोखराको फोटोग्राफीलाई नजिकबाट नियालेको बताउनुुभयो । कार्यक्रममा फोटोग्राफर सङ्घ गण्डकीका अध्यक्ष दुुर्गाप्रसाद पौडेल, सचिव तुलसीराम सुवेदी, नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फोटोग्राफर सङ्घ गण्डकीका उपाध्यक्ष नारायणबहादुर केसी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले फोटोग्राफीको महत्वलगायत विषयमा प्रकाश पार्नुभयो ।