बैशाख ४, २०८१ मंगलबार

मनहरी (मकवानपु्र), वैशाखः बागमती प्रदेश युवा परिषद्ले तीन दिने युवा सम्मेलन गर्ने भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ ३० गते युवा सम्मेलन आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो     
    
 परिषद्का अध्यक्ष एवम् सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११औँ बैठकले युवालाई सामाजिक सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्ने निर्णय गरेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो     
    
परिषद्ले प्रदेश युवा नीति२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो     
    
युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको सम्मेलनमा विभिन्न कार्यशाला पनि आयोजना हुनेछ युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो     
    
युवा सम्मेलन पश्चातयुवा सीप वर्ष २०८१घोषणा गरिने चौलागाईंको भनाइ यसवर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा बढी पेसाका सीप सिकाइ सीप परीक्षण पश्चात टेवा पुँजी प्रदान गरिने उहाँले बताउनुभयो निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ     
    
तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ तालिम पश्चात सामाजिक विकास मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौलागाईंले बताउनुभयो