बैशाख ८, २०८१ शनिबार

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

गत चैत २५ गते मन्त्रीमा नियुक्त स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानलाई जिम्मेवारी दिइएको हो ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँड भएको हो । जिम्मेवारीअनुसार चुमानले आर्थिक मामिला र मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र आज बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो । ९ मन्त्रालय रहेको गण्डकी प्रदेशमा बाँकी ७ वटा मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।