असोज ५, २०७८ मंगलबार

तस्बिर : कृष्ण सादगीको फेसबुकबाट

अमेरिका, न्यूयोर्क । विश्व शान्ति दिवसको अवसर पारेर चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म आयोजना गरिएको हो । डा. केसीले आयोजना गरेकाे यस धर्नामा अमेरिकाको न्यूयोर्क, वासिङ्टन, भर्जिनिया, बोस्टनलगायउत क्षेत्रमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूले साथ दिएका थिए ।

यस प्रदर्शनको उद्देश्य विश्वमा हिंसा र युद्धको अन्त्य, शान्ति, सद्भाव र समानता, जलवायु विनाशको रोकथाम, सबैका लागि कोभिडविरुद्धको खोप सहज तथा सुलभ शिक्षा र स्वास्थ्यको उपलब्धता हुनुपर्ने रहेको छ ।