फागुन २४, २०७७ सोमबार

दिपु  वर्णवाल बीरगन्ज, २४ फागुन : अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । चित्रांश युवा समिति बीरगन्जको आयोजनामा चित्रमञ्जरी २ चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।


महिला सशक्तिकरण तथा सफलतामा महिला विषय कायम गरि आयोजना गरिएको चित्रकला प्रतियोगितामा बीरगन्ज १६ वटा विद्यालय बाट ३३ जना विद्यार्थीहरु सहभागि भएका थिए । गीता मन्दिरमा रोडस्थित चित्रगुप्त मन्दिरमा आयोजित प्रतियोगितामा सहभागिहरु मध्ये साउथ जोन माविका विनय बैठा प्रथम, जिएचपी माविका विवेक कुमार साह द्वितीय र लिटील फ्लावर माविकी सिप्रा शर्मा तृतीय भएकी थिइन् । विजेताहरुलाई सिल, प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

युवा समितिका संयोजक राजन श्रीवास्तवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कणको प्रमुख आतिथ्य रहेको थियो भने चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष तथा वरिष्ठ पत्रकार महेश दास, युवा नेता अरविन्द सिंह, नेपालय प्रकाशन गृहकी भुषिता वशिष्ठ, अर्पण शर्मा, सैजन मास्के, लेखक तथा उद्योगपति गणेश लाठ, प्रतियोगिताका निर्णायकद्वय निशा सर्राफ, अन्जली कर्णलगायतकाहरुको उपस्थिती रहेको थियो ।

सहभागी हुने प्रतियोगिहरुलाइ चित्रकलाको बारेमा साथै चित्र बनाउदा अपनाउनु पर्ने मापदण्ड, तरिका रङको पहिचान, कला सबैको बारेमा चित्रकार एवं निर्णायक निशा सरार्फ र अञ्जली कर्णले प्रस्ट पारेका थिए । कार्यक्रममा चित्रान्स समुहका शितल कर्ण, रश्मि कायस्थ, सुमीत आनद, प्रभात श्रीवास्तव, राहुल श्रीवास्तव, र्यान कायस्थ, प्रकास कर्ण, सिद्दी कुमारी, मनिस कर्ण, विवेक कर्ण लगायतले कार्यक्रमको ब्यवस्थापन गरेका थिए साथैअनमोल स्विट्स, डि।ए।भि स्कुल, बि।आइ।टि कलेजले सहयोग गरेका थिए । कार्यक्रमको सहजीकरण सुर्य शुभचिन्तकले गरेका थिए ।

यहाँका युवाहरुको प्रतिभाको प्रोत्साहका लागि चित्रांश युवा समितिले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।