जेठ ११, २०८३ सोमबार

काठमाडौँ, ११ जेठः २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित आठ सदस्यीय नेपाली टोली मङ्गलबार हङकङ जाने भएको छ ।
    
    मे २८ देखि ३१ तारिखसम्म हुने उक्त प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ बादल कार्कीले एक हजार ५०३ हजार मिटर दौड तथा प्रवीण रानाले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । 

    यसैगरी महिलामा अनुष्का अधिकारीले १००÷२०० मिटर दौड, नारायणी भण्डारीले ८००÷एक हजार ५०० मिटर दौड र सङ्गीता विकले ४००÷८०० मिटर दौडमा भाग लिने छन् ।

    टोलीको प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाई गर्नुभयो ।