असोज ३०, २०७८ शनिबार

काठमाडौं । नेपालका भिक्षु डा. सुगन्ध महास्थवीरलाई थाइल्याण्डाका नरेश महावालिरालङ्कनले राजकीय सम्मानयुक्त ‘फ्रा धम्मा शाक्य वंशीवसुत’ पदवी प्रदान गरेका छन् ।

गत असारमा थाइ राजसंस्था र थाइ बौद्ध संघले तेस्रो वरियताको सो पदवी भिक्षु सुगन्धलाई प्रदान गर्ने निर्णय गरेको हो । हिजो थाइल्याण्डको बैंककमा एक समारोहमा शाही प्रतिनिधिले सो पदवीको प्रमाणपत्र प्रदान गरेको हो ।

एक वर्षअघि चौथो तहको देवसमान ‘फ्रा देवशाक्य वंश पण्डित’ पदवी प्रदान गरेको थियोे । विश्व बौद्ध जगत्‌मा सम्मानित र गौरवमय मानिएको यो पद पाउने उनी पहिलो नेपाली भिक्षु हुन् ।

उनले चार दशकदेखि थाइल्याण्डमा बसेर बौद्ध धर्म र बुद्ध शासनमा योगदान पुर्‍याउँदै आएका थिए ।