असोज ३१, २०७८ आइतबार

महेश सिंह/सिरहा/ ३१असोज । विभिन्न थारू फिल्म र मैथली एल्वमहरूमा मुख्य पात्रका रूपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट कलाकार बिरामी परेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका  -९ लक्षणपट्टीका बासिन्दा कलाकार नवीन चौधरी करीब डेढ वर्षदेखि बिरामी भएका छन् ।

उनलाई कडाखाले रोग लागेकाले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भसकेको चौधरीकी आमा विश्वरीकुमारी चौधरीले बताइन् ।

उपचारमा आर्थिक अभाव भएपछि कलाकारहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी , संघ संस्थालाई  नवीन चौधरी बचाउ अभियानमा हातेमालो  गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।

नविन चौधरीको आमा विश्वरीकुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता न:-२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरिदिन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ ।

सहयोगीलाई यी नम्बरमा फोन गर्न समेत परिवारले आग्रह गरेको छ :- आमा : ९८११७४१३१४ श्रीमती - ९८१४७२२१७७ र कलाकार नवीन चौधरी बचाउ अभियान सम्पर्क नम्बर :-९८६०३५५३३५ ।