साउन २८, २०८३ बिहिबार

थापाथलीस्थित सुकुमवासी बस्तीबाट हटाइएपछि अस्थायी आश्रयस्थलमा बस्दै आएका ५७ वर्षीय हीरालाल पासवान भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत अवस्थामा फेला परेका छन्।
सरकारले थापाथलीको बस्ती हटाएपछि पासवानसहितका विस्थापितलाई सुरुमा कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा राखिएको थियो। तर, गत २७ असारमा उक्त केन्द्रभित्र बाढी पसेपछि उनीहरूलाई भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा सारिएको थियो।
त्यहीँ बस्दै आएका पासवान मृत भेटिएपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ।