साउन २८, २०८३ बिहिबार

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले खोजतलासका क्रममा बरामद गरेका ३० मोटरसाइकल र २० स्कुटर बिहीबार एक कार्यक्रमबीच धनीलाई हस्तान्तरण गरेको हो।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बरामद गरिएका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए।
प्रहरीका अनुसार उपत्यकाका विभिन्न ठाउँबाट हराएका तथा चोरी भएका सवारीसाधनको खोजीलाई निरन्तरता दिइएको छ। प्रहरीले सवारी चोरीबाट जोगिन सुरक्षित स्थानमा मात्र पार्किङ गर्न र सवारीसाधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।