कात्तिक ३, २०७८ बुधबार

तस्बिर स्रोत : मधेसी एसोसिएसन अफ अमेरिका तथा एनबीसी बोस्टन

अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक नेपाली ५४ वर्षीय लालकिशोर महासेठको मृत्यु भएको छ । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे ।

महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।

यो घटनाको मधेसी एसोसिएसन अफ अमेरिकाले निन्दा गर्दै वक्तव्य जारी गरेको छ । महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य थिए । उनी न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्षसमेत थिए । हाल उनी यस संस्थाको  केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए ।