असार १५, २०८३ सोमबार

काठमाडौं, १५ असारः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको दुईदिने राष्ट्रिय सम्मेलनको शिक्षाविद् केदारभक्त माथेमाले आज काठमाडौँमा उद्घाटन गर्नुभयो ।  

    उहाँले सम्मेलनमा शिक्षाको राष्ट्रिय प्राथमिकता, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, सरोकारवाला र अभिभावकको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो । 

    प्राज्ञ माथेमाले सामुदायिक विद्यालयले समाजका हरेक तप्कालाई जोड्ने भएकाले अपनत्व विकास र सुधारमा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा शिक्षाविज्ञ डा विष्णु कार्कीले विद्यालय शिक्षाको राष्ट्रिय प्राथमिकता र अभिभावकको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

    शिक्षा विशेषज्ञ डा विद्यानाथ कोइरालाले कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षक र अभिभावक इमानदार हुनुपर्ने बताउनुभयो ।  

    अभिभावक महासङ्घ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले दुर्गमका गरिब बालबालिकाका लागि राज्यले गुणस्तरीय शिक्षाको हक प्रदान गर्नुपर्ने धारण व्यक्त गर्नुभयो ।  

    कार्यक्रममा महसङ्घका संस्थापक अध्यक्ष कृष्ण थापालगायतलाई  सम्मान गरिएको थियो ।