असार २२, २०८३ सोमबार

काठमाडौँ, २२ असारः ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ ।

     सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृति जनाएको थियो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।

     बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।