असार २२, २०८३ सोमबार

वाशिङ्टन, २२ असार : राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताउनुभएको छ । 

ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भन्नुभयो, “यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शङ्कास्पद देखिन्छ । म विवाद सिर्जना गर्न मन पराउँदिन, त्यसैले म सबै कुरा भन्न चाहन्न । तर उहाँ  अत्यन्त शङ्कास्पद देखिनुभएको छ ।”

ब्राजिलका रेफ्री राफेल क्लाउसले अमेरिकी स्टार बालोगुनले ‘ट्याकल’ गर्ने क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टाको गोलिगाँठामा कुल्चिएपछि रेफ्रीको अधिकारी प्रयोग गर्दै उहाँलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाउनुभएको थियो । 
–––