असार २९, २०८३ सोमबार

महेन्द्रनगर (धनुषा), २९ असारः जनकपुरधाम उपमहानगरपालिकाले आज १५औँ नगरसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । 

    नगरप्रमुख  मनोजकुमार साहले  विकास निर्माण, सुशासन, पूर्वाधार शिक्षा, स्वास्थ्य तथा प्रभावकारी सेवा प्रवाहलाई नीति तथा कार्यक्रममा समावेश गनुभएको हो ।  

    नगरसभामा उहाँले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने तथा समृद्ध जनकपुरधाम निर्माणतर्फ उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।