असार ३२, २०८३ बिहिबार

युक्रेन, ३२ असार : रूस र युक्रेन बीच बिहिबार भएको द्वन्द्वका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

 पछिल्लो समयमा युक्रेनले मस्कोको आक्रमणको बदला लिन रूस बिरुद्ध ड्रोन आक्रमण बढाएको जनाइएको छ ।

युक्रेनी गोलाबारीले रूसको पश्चिमी सीमा क्षेत्र ब्रायन्स्कको एउटा गाउँमा १५ वर्षीया बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गभर्नर येगोर कोभालचुकले बताउनुभएको छ । 

 यसैगरी मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको रूसको यारोस्लाभल क्षेत्रमा भएको ड्रोन आक्रमणमा अर्का एक जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

रूसी क्षेप्यास्त्रले युक्रेनको राजधानी किएभमा रातभर प्रहार गर्दा दुई जनाको ज्यान गएको र एक बालकसहित पाँच जना घाइते भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ ।

 “मस्कोले ब्यालेस्टिक आतंकमाथि भरोसा गरि आफ्नो आक्रमण जारी राखेको बताउदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई सुरक्षाका लागि अब्बल सुरक्षा प्रणली तयार गर्नु पर्ने उल्लेख गर्नु भएको छ । 

साल्भोमा मिसाइलहरू प्रहार गरिएको जनाउदै उहाँले  ती मध्ये आठ वटा ब्यालेस्टिक मिसाइल र १५१ वटा ड्रोनहरू रहेको जनाउनु भएको छ ।

युक्रेनी वायु सेनाको सतर्कताले धेरै ब्यालेस्टिक मिसाइलहरू नजिक आएको रिपोर्ट गरको एएफपीले जनाएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनको भ्रमणको केही  समय पछि किएभमा आक्रमण भएको जनाइएको छ ।

बेलायतका प्रधानमन्त्री कीर स्टारमर र टर्कीका विदेशमन्त्री हाकान फिदान दुवै बिहीबार  युक्रेनको राजधानीमा थिए । “जुलाईमा मात्रै किएभमा भएको यो छैटौँ ब्यालेस्टिक आक्रमण  रहेको जेलेन्स्कीले बताउनु भएको छ । 

किएभले गत महिना देखि नियमित रूसी ब्यालेस्टिक मिसाइल आक्रमणको सामना गरिरहेको जनाइएको छ  ।

युक्रेन अमेरिकाले डिजाइन गरेको प्याट्रियट प्रणालीका लागि आवाश्यक मिसाइलको अभावबाट ग्रस्त छ, जुन ब्यालेस्टिक प्रोजेक्टाइलहरू रोक्नका लागि अत्यावश्यक छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादन गर्ने अनुमति दिने बताउनुभएको थियो भने जेलेन्स्कीले सन् २०२६ को अन्त्य सम्ममा यसको उत्पादन सुरु हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।