साउन ७, २०८३ बिहिबार

बागमती, ७ साउन :  नारायणी यातायात व्यवसायी सङ्घले हेटौँडास्थित मानवसेवा आश्रमलाई रु ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।

नारायणी यातायत व्यवसायी सङ्घका नवनिर्वाचित कार्यसमितिले आश्रमलाई आज उक्त रकम हस्तान्तरण गरेको हो । सङ्घले वर्षिकरुपमा नै आश्रममा आर्थिक  सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच, अध्यक्ष सरोज खनाल नेतृत्वको सङ्घको नवनिर्वाचित कार्यसमितिले आश्रममा रहेका २८० आमाबुबा तथा बाबुनानीलाई भोजन गराएको मानवसेवा आश्रम मकवानपुर जिल्ला संयोजक इशा थापाले जानकारी दिनुभयो ।