भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौः पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गर्नुुभएको छ ।

उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम रु ७७ हजार जम्मा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी विपद्को सङ्कटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले उद्धार, राहत, उपचार र पुनःस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामथ्र्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।