ख्वप (भक्तपुर), १२ भदौः मध्यपुर थिमी नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई रु ५१ लाख १०५ सहयोग गर्ने निर्णय गरेको छ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । आज बसेको उक्त बैठकले यही भदौ महिनाको १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।
उक्त रकम जनप्रतिनिधिको एक महिना बराबरको सुविधा तथा नगरपालिका र मातहत कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार क्रमशः दुई, पाँच र सात दिनको रकम कट्टा गरी सङ्कलन गरिने बताउनुुभयो ।