भदौ १२, २०८३ शुक्रबार

सुनसरी, १२ भदौः भोटेकोशी बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले रु १० लाख सहयोग गरेको छ ।

बैंक सञ्चालक तथा कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई चेक हस्तान्तरण गरिएको छ ।  बैंक सञ्चालक समिति अध्यक्ष किसन मास्केले उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितलाई प्रदान गरिएको जानकारी दिनुभयो । 

प्रीति भल्व एण्ड फिटिङ इण्डस्ट्रिज प्रालि धरानका सञ्चालक तथा मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य अशोककुमार अग्रवालले व्यक्तिगत तीन लाखको चेक आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्रमुख जिल्ला अधिकारी अर्याललाई हस्तान्तरण गर्नुभयो ।