भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौः गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ गरेको छ । 

    प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।