साउन २०, २०७९ शुक्रबार

काठमाडौँ: आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।

काठमाडौँमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेसन सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ ।