साउन २०, २०७९ शुक्रबार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन लण्डनबाट सुरु भएको छ । २३ दिनमा लन्डनको भाग सकिएको फिल्म अव फ्रान्सको पेरिसमा छायांकन हुने भएको हो ।  

निर्देशक घनश्याम लामिछानेले फिल्मको अबको पाटो पेरिसमा छायांकन हुने जानकारी दिए । एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का, मनिष श्रेष्ठ, लोक बिक्रम मल्ल, रुस्मा थापालगायतको अभिनय रहनेछ । 

 हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन मगरको संगीत रहेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मको सह–निर्माता अजित सिंह हुन् ।