भदौ २, २०७९ बिहिबार

आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर गरिएको छ । 

चलचित्र प्रदर्शनको २ दिनअघि बुधवार बेलुका राजधानीको गोपीकृष्ण सिनेमा हलमा चलचित्रको प्रिमियर गरिएको हो । 

हलको २ पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मीदेखि राजनीतिज्ञसम्मले सेरोगेसीको कथामा निर्माण भएको ‘माइकल अधिकारी’ हेरे । 

चलचित्र हेर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि अभिनेत्री रेखा थापा, गीतकार एवं चिकित्सक डा. भोला रिजाल, अभिनेता शिव श्रेष्ठ, रमेश उप्रेती, गायक आनन्द कार्की, गायक एवं संगीतकार चेतन सापकोटा लगायतको सहभागिता थियो ।

उपस्थित अतिथिहरूले नयाँ कथावस्तुमा ‘माइकल अधिकारी’ निर्माण भएको भन्दै आफूहरूलाई चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

रञ्जित रौनियारको निर्देशनमा तयार भएको चलचित्रमा केही सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रमा सृष्टिले ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् । 

उनीहरूसँगै चलचित्रका अन्य कलाकारहरू लुनिभा तुलाधर, एनी कुवँर लगायतको पनि प्रिमियरमा उपस्थित थियो । केही वर्षदेखि रिलेसनशिपमा रहेका सौगात र सृष्टि प्रिमियरमा सबैको आकर्षणको केन्द्रमा थिए । 

गोपीकृष्ण मुभिज प्रोडक्सनको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् । ‘रोज’ निर्माणको केही वर्षपछि गोपीकृष्ण मुभिजले ‘माइकल अधिकारी’को निर्माण गरेको हो । 

शुक्रवार कृष्ण जन्माष्टमीको अवसर पारेर योसँगै अन्य २ नेपाली चलचित्र ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’ पनि प्रदर्शनमा आउँदैछन् ।

No description available.

No description available.No description available.

No description available.