असोज ६, २०७९ बिहिबार

काठमाडौँ । अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्। उनले अनु थिङसँग विवाह गर्न लागेका हुन्। मकवानपुरकी अनु र बुद्धको विवाह भोलि (शुक्रबार) भक्तपुरको एक पार्टी प्यालेसमा हुन लागेको हो।

रंगमञ्चबाट उदाएका बुद्धि अहिले नेपाली फिल्म क्षेत्रमा रोजाइको कलाकारका रूपमा परिचय बनाएका छन्। तामाङले हैट्, थेगोबाट चर्चा कमाएका हुन् । तामाङले थिङसँग मागी विवाह गर्न लागेका हुन् ।