असोज ६, २०७९ बिहिबार

काठमाडौँ । बाल कलाकार सृष्टि दुलाल सम्मानित भएकी छिन् । बीआरबी फिल्मस प्रा.लि. ले प्रसंशापत्रसहित दुलाललाई सम्मान गरेको हो ।

सामाजिक तथा पारिवारिक टेली सिरियल ठूलेले आफ्नो २४ औँ भाग पूरा गरेर २५ औँ भागमा प्रवेश गरेको अवसरमा कलाकारहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा  दुलाललाई पनि उनको अभिनयको कदरस्वरूप सम्मान गरिएको हो । दुलालले ठूलेमा मुख्य पात्र विक्रम लामा (ठूले)की बहिनीको भूमिकामा अभिनय गरेकी छिन् । यस सिरियलका निर्देशकमा विष्णु रिजाल रहेका छन् भने सिरियललाई विक्रम लामाले निर्माण गरेका हुन् ।

यसअघि दुलालले टेली सिरियल मैनामा पनि अभिनय गरेकी थिइन् । सामाजिक विषयवस्तु समेटिएको छोटो चलचित्र पश्चातापठूलो माछा नामक चलचित्रमा समेत अभिनय गरिसकेकी उनले अभिनय गरेको सिमानासँग सम्बन्धित अर्को चलचित्र नेपाल आमा हो ।

यसैगरी उनीद्वारा अभिनित छोटा चलचित्रहरूमा दशैँ एक सन्देशएक लाख पचास हजार रहेका छन् । च्वास्स पिरोताल न बेताल चाहिँ दुलालले अभिनय गरेका टेली सिरियल हुन् ।