असोज ९, २०७९ आइतबार

नेपाल र भारतसहित विभिन्न मुलुकमा शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण लिक भएको छ।

उक्त चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै लिक भएको हो।


हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ।

यद्यपि नेपालमा प्रदर्शन हुनुपूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। 


नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। 

हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको छ।