असोज ९, २०७९ आइतबार

काठमाडौं । गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक भएको छ । रोशा फुँयालको स्वर, तृप्ती खड्का गुरुङको संगीत र दीपकराज विश्वकर्माको एरेञ्ज रहेको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको हो ।

रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुनुहुन्छ । यस गीतलाई राधिका उप्रेतीले निर्माण गर्नुभएको हो । गीतको भिडियो लाई गीतकार उप्रेतीको आफ्नै युट्यबु च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ ।

हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण–२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।