असोज ९, २०७९ आइतबार

साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । फिल्ममा बलिउड अभिनेता शाहरुख खान तथा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ ।

यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ । यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन ।

फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदै छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छ ।शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदै छन् ।