असोज ११, २०७९ मंगलबार

काठमाडौँकी प्रतीक्षा डंगोलले सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि जितेकी छिन्।

राष्ट्रिय नाँचघर जमलमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस टिन नेपालको १८ औँ संस्करणको ताज जितेकी हुन्।

प्रतियोगितामा सुस्मिता अधिकारी फष्ट रनरअप र सुष्जिता पौडेल सेकेण्ड रनर अप भएका थिए।

काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन्। हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितेको आयोजकले जनाएको छ।

मिस टिनले क्राउनसहित नगद ३० हजार, फष्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार नगद पुरस्कार पाए।

उनीहरूले "सी इज सक्सेस" नामक परियोजनामा काम गर्ने अवसरसमेत प्राप्त गर्ने आयोजक काठमाडौँ जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए।