प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर, राजु सेन्चुरीको शब्द तथा संगीत रहेको फिल्म ‘मीलन’ को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको अभिनय देख्न सकिन्छ ।
कात्तिक १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको गीतमा निर्माण युनिटले टिकटक प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागि नगदसहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो ।
सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट ५ छनौट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ ।
यस्तै उक्त गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ ।