असोज १३, २०७९ बिहिबार

काठमाण्डौँ । गायक सुन्दर परियार र गायिका हीरा नेपालीको स्वरमा सजिएको गीत ‘परदेशीको पीडा’ को भिडियो युट्युवमा  सार्वजनिक भएको छ । घर छाडेर  परदेशमा रहेका नेपालीहरूले भोगिरहेका समस्यालाई गीतमा चित्रण गरिएको छ । 

परदेशमा रहँदा गाउँघरमा मनाइने पर्वको न्यास्रो र ती परवमा घर आउन नपाउँदाको पीडालाई गीतमार्फत समेटिएको छ । 

गीतमा हीरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना रहेको छ । भिडियोमा सुरेन्द्र लिम्बूको छायाङ्कन, विनोद बमको सम्पादन तथा श्याम बिसीको निर्देशन रहेको छ । गीतको भिडियोमा हीरा नेपाली, दिनेश बैरागी, अश्मी, अलि, लक्ष्मी र शम्शेरको अभिनय रहेको छ ।

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।