मंसिर ८, २०७९ बिहिबार

काठमाडौँ । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी भएका छन् ।

लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (२)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७ सय ११ मत अन्तरले विजयी भएका हुन् । राणा कांग्रेस–माओवादी–समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए । राणा २२ हजार ५ सय १८ मत प्राप्त गरी विजयी भएका हुन ।