मंसिर ८, २०७९ बिहिबार

काठमाडौँ । रेखा थापा मोरङ–३ बाट चुनावी मैदानमा उत्रिएकी छिन् । जारी मतगणनामा उनी तेस्रो स्थानमा छिन् ।


प्राप्त भएको पछिल्लो परिणामअनुसार राप्रपाकी उम्मेदवार रेखाले ६ हजार २९१ मत प्राप्त गरेकी छिन् । सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले लिड गरिरहेका छन् ।

शर्माले २६ हजार २२१ मतसहित अग्रता लिइरहेका छन भने नेकपा माओवादीका भानुभक्त ढकाल दोस्रो स्थानमा छन् ।